Logo

२०८३, आश्विन ११गते


images
images

खेल

आइरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान, खेल कोषमा जुट्यो लाखौं सहयोग

आइरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान, खेल कोषमा जुट्यो लाखौं सहयोग

images
  • आइरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान, खेल कोषमा जुट्यो लाखौं सहयोग
    images
    images

    काठमाडौं । लाजिम्पाटस्थित आरिश पबले ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको छ ।

    images
    images
    images

    कार्यक्रमको सुरुवात ढाँटसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो, जसमा विशेष आमन्त्रित तथा उनका समर्थक सहभागी भएका थिए । त्यसपछि सर्वसाधारणलाई खुला गरी राष्ट्रिय गौरव बनेका धन्तको जितको खुसी सामूहिक रूपमा मनाइएको थियो।  

    images
    images
    images

    खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ । यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिवद्धता प्रस्ट पारेको पब व्यवस्थापनले जनाएको छ ।

    images
    images
    images

    कोष संकलनमा योगदान पुर्‍याउने संस्थाहरूमा जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हे्ली, होलिडे इन एक्सप्रेस, राब, एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट, गिफ्ट हाउस प्रमुख छन् । 

    आयरिश पबका प्रबन्ध साझेदार राईश भट्टले भने- 'रविन्द्र धन्तले नेपाललाई विश्वको एमएमए नक्शामा राखेका छन् । आफ्नै खेलाडीलाई सम्मान गर्न र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो। यस कार्यक्रममा समन्वय पुर्‍याइदिनुभएकोमा एमएमए र कोच दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं ।' 

    लाजिम्पाटको मुटुमा रहेको आयरिश पब काठमाडौंको लोकप्रिय गन्तव्य हो, जहाँ स्वादिष्ट खानेकुरा, पेयपदार्थ र मनोरञ्जनको विशेष माहोल पाइन्छ। विविध कार्यक्रम आयोजना गर्ने परम्पराका कारण यो स्थान स्थानीय तथा विदेशी दुवैका लागि प्रिय बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।