Logo

२०८३, आश्विन ९गते


images
images

शुल्क असुल्नकै लागि पठन-पाठन र परिक्षा ?

तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङको लापरबाही, होस्टेलमा बस्दै आएकी छात्राको मृत्यु 

तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङको लापरबाही, होस्टेलमा बस्दै आएकी छात्राको मृत्यु 

images
  • तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङको लापरबाही, होस्टेलमा बस्दै आएकी छात्राको मृत्यु 
    images
    images

    बुटवल । रुपन्देहीको तिलोत्तमास्थित नयाँमिलमा रहेको प्यारामान्ट बोर्डिङ स्कूलमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ ।

    images
    images
    images

    विद्यालयको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्यनरत १६ बर्षिया प्रतिभा सापकोटालाइ छाती दुख्ने र उच्च ज्वरो आउने भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको मृतकका दाजु प्रकाश सापकोटाले सेतोमसीलाइ बताए ।

    images
    images
    images

    "स्कुलको होस्टेलबाट आज बिहानमात्र फोन गरेर म्याडमले बहिनी बिरामी भाकी छन लिन आउनु भन्नूभयो । त्यसपछि हामीले तुरुन्तै बहिनीलाई अस्पताल पुर्यायौँ तर बचाँउन सकिएन" पीडा मिश्रित स्वरमा प्रतिभाका दाजु प्रकाश सापकोटाले सेतोमसीसंग भने । उनका अनुसार स्कुलमा धेरैलाइ कोभिड देखिएको थियो तर शुल्कको लोभमा स्कुल प्रशासनले स्कुल बन्द नगरि होस्टेलको पठनपाठन जारी राख्यो । सापकोटाका अनुसार यो बिद्यालयको लापरबाहीको कारणले भएको हो । उनी भन्छन् - 'बहिनी पक्कै पनि एक्कासि त्यो अवस्थामा त पुगिनन् होला । होस्टेल वार्डेनलाइ पक्कै पनि आफ्नो अवस्थाबारे बताइन् होला तर बिद्यालयले समयमै खबर नगर्दा हामीले हाम्री बहिनी गुमाउन पर्यो ।'

    images
    images
    images

    घटनाबारे हामीले बिद्यालय प्रशासनसंग बुझ्न हामीसंग उपलब्ध बिद्यालयका सबै नम्बरमा सम्पर्क गर्यौं तर केही नम्बर 'रिसिभ' भएनन् त केही नम्बर 'स्विच अफ' गरिएको पाइयो ।

    घटनाबारे थप विवरणहरु खुल्दै जालान् तर संघिय सरकार र जिल्ला प्रशासनले समेत कोभिडको खतरा बढ्दै गएकोले बिद्यालयहरुमा पठनपाठन बन्द गर्न अनुरोध गर्दै आउँदा समेत मासिक र परिक्षा शुल्क असुल्नकै लागि आज पनि कैयौं बिद्यालय कलिला विद्यार्थीको स्वास्थ्यसंग खेलवाड गर्दै आएका छन । कतिसम्म भने एउटा परिक्षा जारी रहेका वा भर्खर सकिएर 'रिजल्ट आउट' नभइसकेका बिद्यालयले समेत अर्को परिक्षा गराइरहेको अवस्था बिद्यमान छ । जनस्वास्थ्यमाथिको यस प्रकारको लापरबाही महंगो पर्न सक्ने तर्फ संबंधित निकाय सजग हुनु जरुरि छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यारामाउण्ट बोर्डिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।