Logo

२०८३, कार्तिक २९गते


images
images

लोक सेवा

विद्यार्थीले विदेशको होइन, लोक सेवाको तयारी गर्नुस् : अध्यक्ष रेग्मी

विद्यार्थीले विदेशको होइन, लोक सेवाको तयारी गर्नुस् : अध्यक्ष रेग्मी

images
  • विद्यार्थीले विदेशको होइन, लोक सेवाको तयारी गर्नुस् : अध्यक्ष रेग्मी
    images

    बुटवल । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले कक्षा १२ पुरा गरेर लोक सेवाको तयारीमा लाग्न विद्यार्थीलाई आग्रह गरेका छन् । विद्यार्थीमा विदेश जाने लहड देखिएको उल्लेख गर्दै अध्यक्ष रेग्मीले सार्वजनिक सेवामा प्रवेश गरी देशको प्रतिनिधि बनेर विदेश जान सकिने बताए ।

    images
    images
    images

    लोक सेवा आयोगको हिरक जयन्तीको अवसरमा सोमवार बुटवलमा आयोजित 'विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम'मा बोल्दै अध्यक्ष रेग्मीले लोक सेवाको दायरा फराकिलो बन्दै गएको बताए । अब लोक सेवा आयोगको प्रवेशद्वार बिना सार्वजनिक सेवाको ढोका खुल्न नसक्ने उल्लेख गर्दै उनले निजामती कर्मचारी मात्र नभएर संगठित संस्था, प्राधिकरण हुँदै विश्वविद्यालय र बैंकसम्मका परिक्षा लोक सेवाले लिंदै आएको बताए ।

    images
    images
    images

    हाल एक सयभन्दा बढी संस्थाको कर्मचारी सिफारिस लोक सेवाको दायरामा आइसकेको उल्लेख गर्दै उनले लोक सेवा देशको सबैभन्दा पहिलो र सबैभन्दा विश्वासिलो संबैधानिक संस्थाको रुपमा स्थापित भएको बताए । 

    images
    images
    lokasewa (1).jpg

    लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ स्थानीय तह र नेपाल संस्कृत विश्वविद्यालयका १२० जना विद्यार्थी सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले लोक सेवा आयोगले विद्यार्थीलाई नवोदित मित्र ठानेको बताए ।  'आज हामीले यहाँ लुम्बिनी प्रदेशका १२ वटा पालिकाका १२० जना विद्यार्थीलाई लोक सेवा आयोगबारे बुझाउदै छौं ।' अध्यक्ष रेग्मीले भने, 'जिल्ला सदरमुकाम रहेका पालिकाका विद्यार्थी यहाँ हुनुहुन्छ, अब तपाईंहरुले जिल्लाका सबै पालिकाका विद्यार्थीलाई लोक सेवाबारे बुझाउने र ति पालिकाका विद्यार्थीमार्फत वडा तहमा रहेका विद्यार्थीलाई बुझाउने गर्दै हामी वडा तहसम्मका विद्यालयमा पुग्न चाहान्छौं ।'

    अध्यक्ष रेग्मीले लोक सेवाले निजामति र अन्य सेवा गरी वार्षिक १० लाखभन्दा बढी विद्यार्थीको परिक्षा लिएको उनको भनाइ छ ।  

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले सरकारी कर्मचारीको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए । राजनीतिक अवस्थामा परिवर्तन आए पनि पुराना कानूनमा परिवर्तन आउन नसक्दा सार्वजनिक सेवामा समस्या देखिएको उनले बताए । प्रमुख पाण्डेयले युवा विद्यार्थीहरुमा निराशा आउनुमा केही कानून र राष्ट्रसेवक कर्मचारीको कार्यशैली पनि रहेको औल्याए । 

    कार्यक्रममा लोक सेवा आयोगका सदस्य बिर बहादुर राई, नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव प्रसाद अधिकारी, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी टोपराज पाण्डेय, लोकसेवा आयोग केन्द्रीय कार्यालयका सहसचिव पुरुषोत्तम शर्मा, लुम्बिनी प्रदेश कार्यालयका सहसचिव सफल भुर्तेल लगायतले लोक सेवा आयोग र यसको गरिमा बारे चर्चा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।