Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचन

रुपन्देही-३ को उम्मेदवार छान्न राप्रपाले पनि प्रारम्भिक निर्वाचन गर्ने

रुपन्देही-३ को उम्मेदवार छान्न राप्रपाले पनि प्रारम्भिक निर्वाचन गर्ने

images
  • रुपन्देही-३ को उम्मेदवार छान्न राप्रपाले पनि प्रारम्भिक निर्वाचन गर्ने
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत उम्मेदवार छान्ने भएको छ ।

    images
    images
    images

    मंगलवार बसेको राप्रपाको संसदीय समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत छान्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    बैठकले रुपन्देही-३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको श्रेष्ठले बताए । 

    images
    images
    images

    बैठकले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उमेदवार छनौट गर्न रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिश भइआएका आकांक्षी उमेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनौट गर्न तपसिल बमोजिमका मतदाताहरुबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकांक्षी उमेदवारलाई उक्त उपनिर्वाचनको उमेदवार छनौट गर्ने निर्णय गरेको छ । आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने भएको छ ।

    राप्रपाले आन्तरिक प्रारम्भिक निर्वाचनका मतदातामा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊॅपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु र भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरु रहने राप्रपाले निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।