Logo

२०८३, आश्विन ९गते


images
images

डिजिटल दुवई

दुबई बन्यो विश्वकै पहिलो कागजरहित सरकार, बार्षिक ३५ करोड अमेरिकी डलर बचत

दुबई बन्यो विश्वकै पहिलो कागजरहित सरकार, बार्षिक ३५ करोड अमेरिकी डलर बचत

images
  • दुबई बन्यो विश्वकै पहिलो कागजरहित सरकार, बार्षिक ३५ करोड अमेरिकी डलर बचत
    images
    images

    काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) का राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मक्तुमले दुबई विश्वकै पहिलो पेपरलेस (कागजरहित) सरकार बनेकाे घाेषणा गरेका छन् ।

    images
    images
    images

    ३५ करोड अमेरिकी डलर बचत गर्दै दुबई सरकार पूर्णरुपमा कागजरहित भएको उनले घोषणा गरेका हुन् । अब दुबई सरकार अन्तर्गतका कुनै पनि कामका लागि कागज प्रयोग गर्नुनपर्ने उनले उल्लेख गरेका छन् ।

    images
    images
    images

    दुबई सरकारको सबै प्रकारको आन्तरिक, बाह्य कारोबारलगायत अन्य प्रक्रियागत काम सबै डिजिटल भएका छन्, जसको व्यवस्थापन दुबई सरकारकै डिजिटल प्लेटफर्मले गरिरहेको उनले जानकारी दिए ।

    images
    images
    images

    योसँगै दुबईले आफ्नो डिजिटल यात्राको नयाँ सुरुवात गरेको र यो यात्रामा भविष्यलाई लक्षित गर्दै नयाँ अन्वेषणहरू गरिने उनले बताएका छन् ।

    चार वर्षपहिले यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मुक्तमले सन् २०२१ पछाडि दुबई सरकारको कर्मचारी र सेवाग्राही कसैले पनि कुनै डकुमेन्ट प्रिन्ट गर्न वा अन्य प्रयोजनका लागि प्रयोग गर्न नपर्ने स्थिति सिर्जना गर्ने बताएका थिए  ।

    उनको यही प्रतिबद्धता आज पुरा भएको शेख हमदान बिनले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । अब आउने पाँच दशकमा दुबईको जनजीवन डिजिटल हुने उनले दाबी गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुवइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।