देवदह । देवदहमा विजुलीको पोलमा करेन्ट लाग्दा एक जना घाइते भएका छन् । नेपाल विद्युत प्राधिकरण देवदह शीतलनगर शाखामा कार्यरत कर्मचारी अर्जुन ढकाल विद्युत मर्मत गर्दा करेन्ट लागेपछि पोलबाट खसेको कार्यालयले जनाएको छ ।
देवदहको तल्लो खैरेनी स्याङ्जाली टोलमा नजिकै विद्युत मर्मत गर्न पोलमा चढेका उनलाई दिउँसो २:२० मा घरको इन्भर्टरबाट आएको करेन्टले झड्का दिएको विद्युत प्राधिकरणका हरि अधिकारीले जानकारी दिए । 'पोल ढलेर मर्मत गर्दै थियौं । दुवै तिरको करेन्ट पनि अफ गरिएको थियो तर घरको इन्भर्टरबाट आएको करेन्टले झड्का दिएपछि भर्याङ्ग तानेर उहाँलाई खसालियो' उनले भने ।
भुइमा खस्दा उनको टाउको चोट लागेको र देवदह मेडिकल कलेज भलुहीमा उपचार भैरहेको प्राधिकरणले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology