Logo

२०८३, कार्तिक २९गते


images
images

एमाले विधान महाधिवेशन

एमालेको विधान महाधिवेशनमा ७ दस्तावेजसहित कर्ण थापाको असहमति पनि पेश हुने

एमालेको विधान महाधिवेशनमा ७ दस्तावेजसहित कर्ण थापाको असहमति पनि पेश हुने

images
  • एमालेको विधान महाधिवेशनमा ७ दस्तावेजसहित कर्ण थापाको असहमति पनि पेश हुने
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले शुक्रबारदेखि शुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज स्वीकृत गरेको छ । विहिबार बसेको सचिवालयको बैठकले ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् । 

    images
    images
    images

    महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    images
    images
    images

    त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफल हुने ज्ञवालीले जानकारी दिएका छन ।

    images
    images

    ज्ञवालीले विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि  सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने जानकारी दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।