Logo

२०८३, कार्तिक २९गते


images
images

जितेको पुरस्कारबाट बृद्धाश्रममा सहयोग

जितेको पुरस्कारबाट बृद्धाश्रममा सहयोग

images
  • जितेको पुरस्कारबाट बृद्धाश्रममा सहयोग
    images

    विनोद खनाल, बुटवल । बुटवल -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिवार बुटवल तल्लो फुलबारीमा अवस्थित सिद्धबाबा दुर्गाभवानी शिवकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका ६ नम्बर वडा कार्यालय, मुक्ति एफ्एम र अन्नपुर्ण माबिले आयोजना गरेको बुटवल उपमहानगर स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको सो टिमले प्राप्त पुरस्कारलाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा सहयोग गरेको हो ।

    images
    images
    images

    तिजी कार्यक्रम अन्तर्गत भाद्र ४ गते सम्पन्न कार्यक्रममा १३ वटा प्रतियोगि मध्येबाट प्रथम भएको सो समुहले जितेको १५ हजार नगद पुरस्कार भोजभतेर गरेर खर्च गर्नुको सट्टा राहत बितरण गरि सामाजिक सेवाको काम गरेको समुहकी अध्यक्ष सानू शर्मा भण्डारीले बताइन् । 

    images
    images

    बजेता समुहका टिम सहभागी सो समुहले बृद्दाश्रममा फलफुल, खाद्यान लगायतका सामाग्री बितरण गरेको छ ।

    तीज संस्कृति भड्किलो बनिरहेकोमा चिन्ता ब्यक्त गर्दै कसैले उत्सव मनाईरहँदा अशक्त, बेसहारा तथा बृद्ध बुवाआमाको अनुहारमा थोरै भएपनि राहत दिने उद्देश्यले समाजिक उत्तरदायित्व बहन गरेको  समुहको नेतृत्व गरेकी कोरियोग्राफर कमला केसी खनालले बताइन् ।

    समुहले यसरी सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै बृद्धा बुवाआमाले  आशिर्बाद दिंदै सामाजिक काममा सकृय हुन थप उद्देलित गरेको  समुहकी सचिव रुपा काउचाले बताईन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।