Logo

२०८३, आश्विन ११गते


images
images

मैत्रीपूर्ण भलिबल

गुल्मेली पत्रकार र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल

गुल्मेली पत्रकार र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल

images
  • गुल्मेली पत्रकार र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल
    images
    images

    गुल्मी । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा कर्मचारी र गुल्मेली क्रियाशिल पत्रकार एवं संचारकर्मीहरुबिच मैत्रीपूर्ण भलिवल सम्पन्न भएको छ । तम्घासको स्काउट खेल मैदानमा आयोजना भएको मैत्रीपूर्ण भलिवल प्रतियोयीतामा कर्मचारीहरुसँग पत्रकार ३/१ सेटले पराजित भएका भए । 

    images
    images
    images

    प्रतियोगीताको पहिलो सेट कर्मचारीले र दोस्रो सेट पत्रकारको समूहले आफ्नो पाल्टामा पारे पनि त्यसपछिका लगातार सेट पत्रकारले गुमाए । निकै प्रतिस्प्रर्धात्मक रुपमा संचालन खेल भएको थियो । 

    images
    images
    images

    प्रतियोगीताको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले शुभारम्भ गरेका थिए । उनले पत्रकार र कर्मचारीबीचको हार्दिकताका लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए । 

    images
    images
    images

    पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले खेलले आगामी दिनमा कर्मचारी र पत्रकारबिचमा अझै मित्रता कायम गर्न सफल भएको बताए । उनले खेल आयोजना गर्ने निजामती कर्मचारी र पत्रकारलाई व्यावस्थापकीय सहयोग गर्ने शुभलक्ष्मी फर्मालाई धन्यबाद दिए । 

    निजामती कर्मचारीहरूले गुल्मीमा पनि यसवर्ष पनि “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मुलनाराका साथ विभिन्न प्रतियोगिता र रचनात्मक कार्य गरिरहेको छ । 

    दिवसकै अवसरमा बिरामीलाई फलफूल वितरण, महिला कर्मचारीबीच कुर्सी दौड प्रतियोगिता, पुरुष कर्मचारीबीच घैटो फोर प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगितासहित कार्यालय परिसर सरसफाइ लगायतका कार्यक्रमहरु सञ्चालन भैइरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।