काठमाडौँ । आज नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । दशरथ रंगशालामा हुने यो खेल साँझ ५: ३० बजेदेखि शुरु हुदैछ ।
यस खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने एन्फाले जानकारी दिएको छ ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ खेल भएका छन् । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । त्यस्तै ३ खेल बराबर भएका छन् । त्यस्तै फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ ।
यस खेलका लागि एन्फाले आफैले टिकट बेचेको छ । एन्फाका अनुसार भिआइपी प्यारापिटमा एक हजार र सामान्य प्यारापिटमा ५०० टिकट दर निर्धारण गरेको छ । त्यस्तै यस खेलका लागि सामान्यतर्फ ९ हजार र भिआइपीमा एक हजार टिकट बेच्ने एन्फाले जानकारी दिएको छ । बंगलादेशसँग दोस्रो खेल सेप्टेम्बर ९ मा हुने हुने तालिका रहेको छ ।
बंगलादेशसँगका दुवै खेलका लागि राष्ट्रिय टिमका प्रशिक्षक म्याट रसले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा किरण चेम्जोङ (कप्तान ), आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अभिषेक लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रणदिप पौडेल, रोहन कार्की, अन्जन बिष्ट, रोहित चन्द, अरिक बिस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, गिलेस्पे जङ्ग कार्की, कुशल देउवा, लेकेन लिम्बु, श्रीजन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology