Logo

२०८३, कार्तिक २९गते


images
images

एमाले विधान महाधिवेशन

एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज के के हुदैछ ?

एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज के के हुदैछ ?

images
  • एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज के के हुदैछ ?
    images

    काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाविधेशनको आज दोस्रो दिन रहेको छ । ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी महाधिवेशनको दोस्रो दिन आज बिहान ८ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पहिलो दिन शुक्रबार विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    आज शनिबार बिहान निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत हुने गौतमले जानकारी दिए ।  शनिबार बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नेछन् । तीन प्रस्तुतीकरण सकिएपछि बिहान १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल हुने कार्यतालिका रहेको छ । महाधिवेशनमा भाग लिइरहेका दुई हजार २६ जना प्रतिनिधिलाई विभिन्न १० समुहमा विभाजन गरेर प्रस्तुत गरिएका दस्तावेजमाथि छलफल गरिने बताइएको छ ।

    images
    images

    महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी योगेश भटटराईलाई दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

    महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि बाहेक आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।