देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । शनिवार आयोजित कार्यक्रममा विद्यार्थीहरुले बुद्ध पब्लिकको शैक्षिक वातावरणको चर्चा गर्दै विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले देवदहको शैक्षिक विकासको लागि नगरपालिकाले लिएका नीतिहरुको चर्चा गरे । देवदह महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकास भएको उल्लेख गर्दै वडा नं ५ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता डुम्रेले विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा ल्याएर आफु, आफ्नो परिवार, विद्यालय र सिंगो नगरपालिकाको सपना पुरा गर्न आग्रह गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष जयकिसन अधिकारी, प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ, विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरे, देवकोटा बहुमुखी क्याम्पसका प्राध्यापक भीम ढकाल, युग ज्योती माविका प्राचार्य यमलाल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
कक्षा १२ का विद्यार्थी निकेश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सह-प्राचार्य बेद सुर्यबंशीको स्वागत मन्तव्य रहेको थियो भने संचालन स्वागत शिक्षक ढुन्डिराज मरासीनीले गरेका थिए ।
कार्यक्रममा कक्षा १२ की छात्रा बिहानी ज्ञवाली, आयुष्मा रिन्जाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कक्षा १२ सम्म अध्यापन हुने देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा झन्डै दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology