Logo

२०८३, कार्तिक २९गते


images
images

निजामती सेवालाई अझै चुस्तदुरुस्त र प्रभावकारी बनाउन जरुरी : सभामुख

निजामती सेवालाई अझै चुस्तदुरुस्त र प्रभावकारी बनाउन जरुरी : सभामुख

images
  • निजामती सेवालाई अझै चुस्तदुरुस्त र प्रभावकारी बनाउन जरुरी : सभामुख
    images

    देउखुरी, दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राज्यको स्थायी सरकारका रूपमा परिचित निजामती सेवालाई अझै चुस्तदुरुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    २२ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निजामती प्रशासन सुशासनको मेरुदण्ड भएकाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन यसको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सभामुख घर्ती मगरले शासन प्रणालीमा नैतिकता, सदाचार र इमानदारिता नै पारदर्शिता र सुशासनको आधार भएको प्रष्ट पारे ।

    images
    images
    images

    उनले निजामती सेवाका कर्मचारीलाई व्यावसायिक, सृजनशील र सदाचारयुक्त बनाउन अनुकूल वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको बताए । विगतमा राजनीतिक अस्थिरता, अदूरदर्शी नीति र नेतृत्वका कारण निजामती प्रशासन अन्यौल र असहज अवस्थामा परेको भए पनि हाल केही हदसम्म यसको निराकरण भएको उल्लेख गरे ।

    images
    images

    निजामती सेवाको झन्डै सात दशक लामो इतिहासमा कर्मचारीहरूले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले मुलुकमा जुनसुकै शासन व्यवस्था रहे पनि सेवा प्रवाह र विकासमा निजामती प्रशासनको योगदान प्रशंसनीय रहेको जनाए ।

    सभामुख घर्ती मगरले निजामती सेवा दिवसले सुशासनलाई सेवाग्राहीले आत्मसात् गर्ने गरी प्रत्याभूतिको सुनिश्चिततासँगै निजामती सेवालाई अझ व्यावसायिक, स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचारमुक्त, जनमुखी र परिणाममुखी बनाउन मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।