Logo

२०८३, कार्तिक २९गते


images
images

हरिसिद्धी घटना

हरिसिद्धी घटना : उपचार खर्च र २५ हजार नगदमा मन्त्री र घाइते बालिका पक्षबीच सहमति

हरिसिद्धी घटना : उपचार खर्च र २५ हजार नगदमा मन्त्री र घाइते बालिका पक्षबीच सहमति

थप उपचार गर्नुपर्ने भएमा उपचार खर्च बेहोर्ने प्रतिबद्धता
images
  • हरिसिद्धी घटना : उपचार खर्च र २५ हजार नगदमा मन्त्री र घाइते बालिका पक्षबीच सहमति
    images

    काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेशका मन्त्रीबीच समझदारी भएको छ ।

    images
    images
    images

    मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिवार आफैँ प्रहरीमा उपस्थित भएका थिए  । त्यसलगत्तै ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ११ वर्षीया घाइते बालिकालाई भेटे ।

    images
    images
    images

    मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका थिए । जिल्ला प्रहरी ललितपुरमा आफै हाजिर भएका ड्राइभर चौधरीलाई प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको थियो । 

    images
    images

    मन्त्री रानाले थप उपचार गर्नुपर्ने भएमा बालिकाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता गरेपछि घाइते बालिकाका परिवार र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको थियो ।

    मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटनाको सिसिटिभी बाहिरिएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बालिकालाई ठक्कर दिएर भागेर मन्त्रीले अमानवीय व्यबहार गरेको भन्दै चर्को आलोचना भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।