Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

images
  • कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा हाल पूर्वतर्फ सरदर स्थानमा र पश्चिमतर्फ सामान्य भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    देशभर अहिले आंशिकदेखि साधारणतया बदली देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    दिउँसो पहाडी भूभागमा साधारणतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । त्यस्तै, पहाडी भूभागका केही स्थानमा र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images

    कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने देखिएको छ । सर्वसाधारणलाई सतर्क रहन र पछिल्लो मौसमी सूचना अवलोकन गर्न महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।