Logo

२०८३, श्रावण ३०गते


images
images

जग्गा अधिकरण र गुरुयोजनाको काम एक महिनाभित्र सम्पन्न गर्न मुख्यमन्त्री केसीको निर्देशन

जग्गा अधिकरण र गुरुयोजनाको काम एक महिनाभित्र सम्पन्न गर्न मुख्यमन्त्री केसीको निर्देशन

images
  • जग्गा अधिकरण र गुरुयोजनाको काम एक महिनाभित्र सम्पन्न गर्न मुख्यमन्त्री केसीको निर्देशन
    images
    images

    भालुवाङ्ग  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानी निर्माणको लागि जग्गा अधिकरण र गुरु योजनाको काम एक महिनाभित्र सकाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।शुक्रवार जग्गा अधिकरण कार्यदलको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जग्गा अधिकरण र गुरुयोजना निर्माणको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    लालमटियास्थित मुख्यमन्त्रीको सम्पर्क कार्यलयमा आयोजित उक्त बैठकमा बोल्दै मुख्यमन्त्री केसीले  राजधानी निर्माण ख्याल ठट्टाको विषय नभएको बताए । समग्र प्रदेशबासीको हित र भावि पुस्तालाई पनि न्याय हुने गरी गम्भीरताका साथ कुशल कार्यसम्पादन गर्नुपर्ने उनको भनाई छ ।

    images
    images
    images

    karda 2.jpg
    राजधानी निर्माणको लागि लुम्बिनी प्रदेशले 'भर्जिन ल्याण्ड' पाएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले योजनाबद्ध काम गर्न सके लुम्बिनी प्रदेशको राजधानी देशकै सुन्दर प्रदेश राजधानी बन्न सक्ने दावी गरे ।


    त्यसैगरी राजधानी निर्माणका लागि भित्री र बाहिरी घेरा बनाएर काम गर्नुपर्ने मुख्यमन्त्री केसीले बताए ।कार्यदललाई निर्देशन दिंदै उनले भने, 'हाम्रो राजधानीको निर्माणका लागि पहिलो चरणमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पहिलो घेरा बनाएर काम गर्ने र दोस्रो चरणका लागि लमही नगरपालिका, कपिलबस्तुको शिवराज नगरपालिका, प्यूठानको सरुमारानी गाउँपालिका लगातयतलाई सहभागी बनाएर अगाडि जानु पर्दछ ।'

       
    बैठकमा कानून, महिला तथा बालबालिका मन्त्री रमा घर्तीमगरले सबै जनतालाई हित हुने गरी काम गरी प्रदेशको राजधानी बनाउन पर्नेमा जोड दिंदै कानूनी बाधाअवरोध भएमा पनि त्यसलाई सहजीकरण गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिईन् ।


    बैठकमा  राप्ती गाउँपालिका, शितगंगा गाउँपालिका, लमही नगरपालिका, गढुवा गाउँपालिका लगायतका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

        
    प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी संयोजक रहेको ५ सदस्यीय कार्यदलले जग्गा अधिकरणको काम गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।