Logo

२०८३, श्रावण ३०गते


images
images

घाईतेको निशुल्क उपचार

जेनजी आन्दोलका घाईतेलाई सरकारले निशुल्क उपचार गर्ने

जेनजी आन्दोलका घाईतेलाई सरकारले निशुल्क उपचार गर्ने

images
  • जेनजी आन्दोलका घाईतेलाई सरकारले निशुल्क उपचार गर्ने
    images
    images

    काठमाडौं । जेनजी प्रदर्शनमा घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको ज्यान बचाउन जस्तोसुकै कसर बाँकी नछाड्न सर्कुलर गरेको हो । मन्त्रालयले विरामीका लागि आवश्यक जुनसुकै किसिमको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ ।

    images
    images
    images

    यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रेफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई  घाइतेको उपचारमा जुट्न पनि अपिल आव्हान गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।