देवदह । नेकपा एमाले निकट युवा संघ लुम्बिनी प्रदेशका निलम्बित अध्यक्ष सुरज खरेलले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक संजालमा लेख्दै उनले एमालेसँग आफ्नो सम्पूर्ण सम्बन्ध विच्छेद भएको जनाएका हुन् ।
खरेलले निर्दोष नागरिकको रगत बगाउने, जनताको पीडामाथि राजनीति गर्ने र आवाजलाई दमन गर्ने प्रवृत्तिका कारण एमालेमा बस्नु नैतिक र मानवीय दृष्टिले अस्वीकार्य भएको टिप्पणी गरेका छन् ।
‘अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन,’ उनले भनेका छन्, ‘म सधैं पीडितको पक्षमा, न्यायको पक्षमा र नयाँ पुस्ताको आवाजसँगै रहनेछु ।’

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology