Logo

२०८३, कार्तिक २९गते


images
images

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

images
  • गृहमन्त्री लेखकले दिए राजीनामा
    images

    काठमाडौं  । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसामु राजीनामा बुझाउँदै उनले नैतिकताका आधारमा यस्तो निर्णय लिएको बताएका छन् ।

    images
    images
    images

    गृहमन्त्री लेखकले राजीनामा दिनु मुख्यतः आज जेनजीले काठमाडौंसहित देशका प्रमुख सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनसँग सम्बन्धित रहेको छ । उक्त प्रदर्शनमा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    पार्टीको बूढानीलकण्ठमा सोमबार साँझ बसेको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री लेखकलाई राजीनामा दिन आग्रह गरेका थिए । बैठकमा लेखकले आफू घटनाबाट दु:खी भएको र नैतिकताका आधारमा पदबाट राजीनामा दिन उपयुक्त ठानेको बताएका थिए । त्यसपछि उनी बालुवाटार पुगेर औपचारिक रूपमा पदमुक्त भएका हुन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।