चन्द्रसूर्य उप्किन लागेको यो देशको झण्डालाई,
छातिमा टाँसेर निदायो आज सदनको कोखमूनि,
कुनै राजनेताको झोला भिरेर हिडेको थिएन उसले,
जसले,
भ्रष्टले उधिनिएको व्यवस्था,
लोपोन्मुख परिचयपत्र,
खाडीका बाटाहरुमा
भाँचिएको अनुहार लिईबसेको एक पासपोर्ट साईज फोटो,
काखीमा च्याँप्दाच्याँप्दै मेटिएको अक्षरमा
डिग्रीका सर्टिफिकेट/न्यायका कागजातहरु,
केही आफ्नो कथा र केही आफ्नाहरुको कथालाई
आफ्नो झोलामा अटाईवरी,
सिङ्गो देशलाई बोकेर
हिडेको थियो गणतन्त्रको लुगामा रातारात,
घरबाट राजधानी मसाल भएर ।
उभित्र बलिरहेको असन्तुष्टिको आगोबाट,
झिक्दै थियोे उसले
-एकटुक्रा फिलिङ्गा,
उम्लिरहेको बाक्लो रगतले -रङ्गाउँदै थियो
नेपाल आमाको सेतो साडीलाई
केही,
"राष्ट्रवाद जिन्दावाद!
राष्ट्रघात मुर्दावाद!"
माग! माग! माग! हे!
नवजवान हो, देशलाई,
आफ्नो आत्मसँग माग
कैसैको अगाडि गुहार्नु पर्दैन
अब तिमी रुनु पर्दैन "
अत्ति भयो आफ्नै अत्तोपत्तो नबोकेर,
पटकपटक नेताको पारामा
खानदानि झोला बोकेर हिडेको,
अन्तिमपटक यी बीभत्स दीर्घरोगी अनुहारहरुलाई ब्यापारीहरुलाई,
" यी चेतना नभएकाहरुलाई चेतावनीले पुग्दैन
वाग्मतीमा वैतरणी तार्ने बेला आइसकेकोछ ।"
- भागीरथ ठाकुर
कृषि तथा वन विश्वविद्यालय
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology