Logo

२०८३, आश्विन १०गते


images
images

निजी क्षेत्रलाई सहुलियत

निजी क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याउने गभर्नरको आश्वासन

निजी क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याउने गभर्नरको आश्वासन

images
  • निजी क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याउने गभर्नरको आश्वासन
    images
    images

    काठमाडौँ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनले क्षति बेहोरेको उद्योग क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याउने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    शुक्रबार गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गर्दै क्षतिको अध्ययन गर्ने र सहुलियतका कार्यक्रम ल्याउने आश्वासन दिएका छन् ।

    images
    images
    images

    छलफलमा उद्योगी व्यवसायीहरुले आन्दोलनले ठुलो असर परेको भन्दै राज्यले सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्नेमा गभर्नरको ध्यानाकर्षण गराएका थिए ।

    images
    images
    images

    जेनजी आन्दोलनका कारण होटल, डिपार्टमेन्ट स्टोर, गाडीका शो रुमहरु तोडफोड र आगजनी भएका छन् ।

    गभर्नरले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष सुयोग श्रेष्ठ र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तलगायतसँग छलफल गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।