Logo

२०८३, आश्विन १०गते


images
images

ऐश्वर्या राय बच्चनको व्यक्तित्व अधिकार रक्षा गर्न दिल्ली उच्च अदालतको अन्तरिम आदेश

ऐश्वर्या राय बच्चनको व्यक्तित्व अधिकार रक्षा गर्न दिल्ली उच्च अदालतको अन्तरिम आदेश

images
  • ऐश्वर्या राय बच्चनको व्यक्तित्व अधिकार रक्षा गर्न दिल्ली उच्च अदालतको अन्तरिम आदेश
    images
    images

    काठमाडौँ । दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको व्यक्तित्व अधिकारको रक्षा गर्दै अनुमति बिना उनको नाम, तस्वीर, आवाज वा अन्य पहिचान प्रयोग गर्न नपाउने अन्तरिम आदेश जारी गरेको छ।

    images
    images
    images

    अदालतले अभिषेक बच्चनको पक्षमा पनि यस्तै आदेश दिएको छ। ऐश्वर्याले अदालतमा दर्ता गरेको निवेदनमा विभिन्न वेबसाइट, युट्युब च्यानल र एआई प्लेटफर्महरूले उनको नाम, तस्वीर, आवाज र अश्लील सामग्रीसम्म अनुमति बिना प्रयोग गरेको उल्लेख छ। यसले उनको ब्रान्ड मूल्य, आम्दानी र सम्मानमा हानि पुगेको उनको दाबी छ।

    images
    images
    images

    अदालतले गुगललाई सम्बन्धित यूआरएल तुरुन्तै हटाउन वा ब्लक गर्न र ती वेबसाइटका मालिकहरूको विवरण पेश गर्न आदेश दिएको छ। अर्को सुनुवाइ २०२६ जनवरी १५ मा तोकिएको छ।

    images
    images
    images

    यो आदेश अनुसार अब कुनै पनि माध्यम वा प्रविधि प्रयोग गरेर ऐश्वर्या राय बच्चनको नाम वा व्यक्तित्व अनुमति बिना प्रयोग गर्न सकिने छैन।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।