Logo

२०८३, आश्विन १०गते


images
images

५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण

५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण

images
  • ५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण
    images
    images

    काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले ५० बर्षसम्म पनि विवाह नगर्नुको कारण खुलाएकी छन् । ऋतिक रोशनसँग फिल्म 'कहो ना प्यार है' बाट बलिवुडमा धमाकेदार डेब्यू गरेपछि गदर र गदर-२ जस्ता फिल्ममा काम गरेकी छन् ।

    images
    images
    images

    अहिले ५० वर्षकी भए पनि, अभिनेत्री अविवाहित छिन् र उनले हालै, उनले अहिलेसम्म विवाह नगर्नुको कारण बताएकी छन् । अमिषाले हालै एक पोडकास्ट अन्तर्वार्तामा धेरै पुरुषहरूसँग सम्बन्धमा रहे पनि आफुले विवाह र क्यारियरमा क्यारियर रोजेको बताएकी छन् ।

    images
    images
    images

    अमिषाले भनेकी छन् 'मैले भेटेका धेरैजसो मानिसहरू चाहन्थे, म विवाह पछि घरमै बसूँ र काम नगरूँ । मलाई त्यो मन परेन । म मेरो युवावस्था कसैको श्रीमती भएर बिताउन चाहन्नथें ।

    images
    images
    images

    'अमिषाले थप भनिन् 'तपाईंलाई माया गर्ने मानिसहरूले तपाईंको करियरलाई फस्टाउन दिनेछन् । मैले मेरो करियरको लागि धेरै गुमाएको छु र प्रेमको लागि धेरै । मैले एकअर्काको खातिर दुवै त्यागेको छु । मलाई लाग्छ मैले दुवैबाट सिकेको छु ।

    फिल्ममा प्रवेश गर्नु अघि, म कसैसँग सम्बन्धमा थिए । ऊ मेरो लागि राम्रो विकल्प थियो । यद्यपि, जब मैले फिल्ममा प्रवेश गर्ने निर्णय गरें, मेरो पार्टनरले मलाई सार्वजनिक नजरमा राख्न चाहँदैनथे । त्यसैले, मैले प्रेम भन्दा करियर रोजें ।'अमिषाले आफु अहिले विवाहको लागि पूर्ण रूपमा तयार भएको बताउदै सही व्यक्ति भेट्टाएमा विवाह गर्ने बताएकी छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।