Logo

२०८३, आश्विन १०गते


images
images

विमान दुर्घटना

ग्र्यामी अवार्ड विजेता गीतकार ब्रेट जेम्सको विमान दुर्घटनामा मृत्यु

ग्र्यामी अवार्ड विजेता गीतकार ब्रेट जेम्सको विमान दुर्घटनामा मृत्यु

images
  • ग्र्यामी अवार्ड विजेता गीतकार ब्रेट जेम्सको विमान दुर्घटनामा मृत्यु
    images
    images

    काठमाडौँ । ग्र्यामी अवार्ड विजेता गीतकार ब्रेट जेम्सको विमान दुर्घटनामा मृत्यु भएको छ । ५७ बर्षिय जेम्सको उत्तरी क्यारोलिनामा विमान दुर्घटनामा निधन भएको सिएनएनले उल्लेख गरेको छ ।

    images
    images
    images

    रिपोर्टका अनुसार, जेम्स सिरस एसआर २२ टी विमानमा सवार तीन जनामध्ये एक थिए । सेप्टेम्बर १८, बिहीबार, उत्तरी क्यारोलिनाको फ्र्याङ्कलिनको एक स्कूल नजिकै विमान दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनामा सवार तिनै जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    संघीय उड्डयन प्रशासनले विमान उत्तरी क्यारोलिनाको फ्र्याङ्कलिनको एउटा खेतमा दुर्घटनाग्रस्त भएको बताएको छ । न्याशभिल सङ्गराइटर्स एसोसिएसन इन्टरनेशनलका अनुसार ब्रेटका ५०० भन्दा बढी गीतहरू एल्बमहरूमा समावेश भएका छन्, जसको संयुक्त बिक्री ११ करोड भन्दा बढी रहेको छ ।

    images
    images
    images

    जेम्स २०२० मा न्याशभिल सङ्गराइटर्स हल अफ फेममा निर्वाचित भएका थिए । न्याशभिल सिम्फनीका अनुसार उनी प्रकाशन कम्पनी कोर्नम्यान म्युजिकको पनि मालिक थिए र कन्ट्री म्युजिक एसोसिएसनको बोर्डमा र द रेकर्डिङ एकेडेमीको राष्ट्रिय ट्रस्टीको रूपमा सेवा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।