Logo

२०८३, आश्विन ११गते


images
images

एसिया कप

एसिया कप सुपर फोर: भारत र पाकिस्तानबीच आज भिडन्त

एसिया कप सुपर फोर: भारत र पाकिस्तानबीच आज भिडन्त

images
  • एसिया कप सुपर फोर: भारत र पाकिस्तानबीच आज भिडन्त
    images
    images

    काठमाडौँ । जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।

    images
    images
    images

    यस अघि समुह चरणको खेलमा भारतीय खेलाडीले हात नमिलाएको विषयका कारण विवाद भएको थियो । सेप्टेम्बर १४ मा पहलगाम आतंकवादी हमलापछि पहिलो पटक दुई टोली आमनेसामने भएका थिए । यो खेल अघि निकै विरोध भएको थियो ।

    images
    images
    images

    समुह चरणको खेलमा भारतले पाकिस्तानी खेलाडीहरूलाई कुनै ध्यान दिएन । पहिलो टसको समयमा, भारतीय कप्तान सूर्यकुमार यादवले यो परम्परा तोड्दै पाकिस्तानी कप्तानसँग हात मिलाएका थिएनन् । खेल समाप्त भएपछि पनि, भारतीय खेलाडीहरू सिधै ड्रेसिङ रुममा फर्किए । सूर्यकुमार र मुख्य प्रशिक्षक गौतम गम्भीरको यो कार्यलाई पहलगाम आतंकवादी हमलामा मारिएका २६ जनाको परिवारलाई समर्थन गर्ने प्रदर्शनको रूपमा हेरिएको थियो ।

    images
    images
    images

    विवाद यतिसम्म बढ्यो कि पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको पुरस्कार समारोहमा भाग लिएनन् । त्यसपछि पाकिस्तानले यसमा म्याच रेफ्रीको दोष भन्दै उनलाई हटाउन माग गरेपनि आइसीसीले पाकिस्तानको मागलाई खारेज गरिदियो । त्यसपछि पाकिस्तानले युएईविरुद्धको खेल बहिष्कार गर्ने बताए पनि पछि आइसीसीले सो खेल बहिष्कार गरेमा १६ मिलियन डलर जरीवाना गर्ने चेतावनी दिएपछि पाकिस्तान ढिलो गरि सो खेल खेल्न तयार भएको थियो ।

    यस खेल अघि एक दिन अगाडी हुने प्रेस कन्फेरेन्सलाई बहिष्कार गरेर पाकिस्तानले आफ्नो असन्तुष्टि कायमै राखेको छ । र आजको खेल खेल्ने नखेल्ने वा पाकिस्तानको व्यबहारप्रति सबैको नजर रहने छ । समुह चरणमा भारत अपराजित हुदै सुपर फोरमा खेल्दै छ भने पाकिस्तानले एक भारतविरुद्धको खेलमा हार बेहोरेर समुहमा दोस्रो हुदै सुपर फोर खेल्दै छ ।

    यस खेलका लागि दुबै टोलीको सम्भावित प्लेइङ ११ भारत: शुभमन गिल, अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, कुलदीप यादव र जसप्रित बुमराह ।

    पाकिस्तानी टोलीमा सैम अयुब, साहिबजादा फरहान, मोहम्मद हरिस (विकेटकीपर), फखर जमान, सलमान आगा (कप्तान), हसन नवाज, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन अफ्रिदी, सुफियान मुकीम र अबरार अहमद रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसिया कपको सुपर फोर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।