Logo

२०८३, आश्विन ११गते


images
images

डिपिएल

डिपिएल-२ : पूर्व क्रिकेटर गौचनद्धारा क्रिकेट मैदान अवलोकन

डिपिएल-२ : पूर्व क्रिकेटर गौचनद्धारा क्रिकेट मैदान अवलोकन

images
  • डिपिएल-२ : पूर्व क्रिकेटर गौचनद्धारा क्रिकेट मैदान अवलोकन
    images
    images

    देवदह । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचनले सोमवार डिसियू क्रिकेट मैदानको अवलोकन गरेका छन् । यहि असोज १८ गतेदेखि सुरु हुन गइरहेको देवदह प्रिमियर लिग (डिपिएल) दोश्रो सिजनका खेलहरु सञ्चालन हुने उक्त मैदानको गौचनले अवलोकन गरेका हुन् ।

    images
    images
    images

    डि युनिटी युवा क्लव देवदहको आयोजनामा हुने प्रतियोगिताको तयारीमा भईरहेको बेला पूर्व राष्ट्रिय खेलाडीको आगमनले आँफुहरुलाई हौसला मिलेको अध्यक्ष सचिन कुमार श्रेष्ठले जानरकारी दिए । ‘हामीले प्रतियोगिताको तैयारी स्वरुप मैदानको मर्मत र सरसफाईको काम गरिरहेका छौं । यहि मौकामा गौचन दाई आएर क्रिजको समेत अवलोकन गरिदिनुभयो र हामीलाई आवश्यक सुझाव दिनुभयो ।’ श्रेष्ठले भने, ‘उहाँको सुझावलाई हामीले पालना गर्नेछौं र प्रतियोगितालाई उत्कृष्ट बनाउने कोशिस गर्नेछौं ।’

    images
    images
    images

    प्रतियोगिता सञ्चालनको मिति नजिकिदै जाँदा क्लवले मैदानलाई व्यवस्थित गर्ने काम भईरहेको संयोजक गोपाल भण्डारीले जानकारी दिए । ‘बर्षातको समयमा पानीका कारण परेका केहि खाल्डा खुल्डी देखिएको हुँदा जेसिवि र अन्य उपकरणको सहायताले त्यसलाई मिलाउने काम गरिरहेका छौं ।’ भण्डारीले भने, ‘खैल मैदान क्रिकेटमैत्री बनाउनेगरि हामीहरु खटिरहेका छौं ।’

    images
    images
    images

    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् । 

    प्रतियोगिताको विजेता टिमले एक लाख रुपैंया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजार रुपैंया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ दि सिरिजले नगद ७ हजार, बेस्ट ब्याट्समेन र बेस्ट बलर लाई ५÷५ हजार रुपैंया प्रदान गरिने छ । 

    यसैगरी प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत चयन गरी पुरस्कृत गरिने प्रतियोगिता संयोजक भण्डारीले जानकरी दिए । देवदह क्रिकेट युनिटको खेल मैदानमा सञ्चालन हुने डिपिएल दोस्रो संस्करणको मिडिया पार्टनर सेतोमसी डटकम रहने आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेलहरु सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।