देवदह । रुपन्देहीको देवदह नगरपालिका-५, खैरेनी गुरुङ्गटोलमा गृहलक्ष्मी खाद्यान्न उद्योग सञ्चालनमा आएको छ । उद्योगमा आप, खुर्सानी, लसुन करेला लगायत ११ प्रकारको अचार उत्पादन गरिने उद्योग सञ्चालक मीना गुरुङ्ले जानकारी दिइन् । हाल उद्योगमा ४ जना कर्मचारी कार्यरत रहेका छन् ।
उद्योगको देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले उद्घाटन गरेकी हुन् । महिलाहरुको आर्थिक हैसियत नउकासिय सम्म वास्तविक रुपमा समाज रुपान्तरण नहुने बताइन् । उनले महिलाहरुलाई उद्दमशिल बन्न सुझाब दिइन् ।
देवदह नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रेले महिलाहरुको अग्रसरताले मात्रै सामाजिक रुपान्तरण सम्भव रहेको बताए । उनले उद्दमशिल महिलाहरुलाई सहयोग गर्न वडा कार्यालय सधैँ तयार रहेको बताए ।
कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक डा.भरत भुसाल, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य र प्याब्सन सुनवलका निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्मा सहभागी भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology