बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले “क्रिसमस–डे–२०७८” को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । शनिबार विहानै
क्रिसमसको शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री केसीले प्रदेशवासीको जीवन समृद्ध बनाउनका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीहरुलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
संविधानले सबै समुदायको चाड पर्वलाई समान अधिकार प्रदान गरेको बताउँदै केसीले सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मुख्यमन्त्री केसीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ–“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यसै भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविधितै छ ।"
हेर्नुहोस् शुभकामना सन्देशको पुर्णपाठ :
शुभकामना सन्देश
इसाई धर्मालम्बीहरुको पर्व "क्रिसमस-डे-२०७८" को अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौं । यसै भावना र मर्मलाई नेपालको संविधान २०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, संस्कृति र समुदायको संरक्षण र सम्बर्द्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविधितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु ।
हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ । यसै अनुरुप सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु ।
अन्त्यमा यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश" बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । क्रिसमस डे-२०७८ को अबसरमा प्रदेशवाशीको हर्ष, उल्लास, सद्भाव पूर्ण भावना कायम रहोस् । समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीहरुमा पुनः क्रिसमस डे-२०७८ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
मितिः २०७८ पौष १० गते
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology