Logo

२०८३, आश्विन ९गते


images
images

आत्मनिर्भर भारत

कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ : मोदी

कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ : मोदी

images
  • कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ : मोदी
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य नभएको बताएका छन् । अमेरिकासँग व्यापार बार्ता भइरहेको समयमा मोदीको यस्तो टिप्पणी आएको हो ।

    images
    images
    images

    प्रधानमन्त्री मोदीले बिहीबार उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत आत्मनिर्भर हुनुपर्ने बताउदै अब कसैमाथि निर्भर हुन नहुने बताएका हुन् ।

    images
    images
    images

    उनले भने 'आज, भारत २०४७ सम्ममा विकसित हुने लक्ष्यतर्फ अघि बढिरहेको छ । विश्वमा अवरोध र अनिश्चितताको बावजुद, भारतको वृद्धि प्रभावशाली छ । अवरोधहरूले हामीलाई विचलित गर्दैनन्, यस्तो परिस्थितिमा पनि, हामी नयाँ दिशाहरू फेला पार्छौं । 'उनले अगाडी भने 'त्यसैले, यी अवरोधहरूका बीचमा, आज भारतले आगामी दशकहरूको लागि जग बलियो बनाइरहेको छ । यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो, र आत्मनिर्भर भारत हो । चिप्सदेखि जहाजसम्म, हामी भारतमा उत्पादन गर्न चाहन्छौं ।

    images
    images
    images

    'भारतले संयुक्त राज्य अमेरिकाबाट ५० प्रतिशत करको सामना गरिरहेको अवस्थामा मोदीले आत्मनिर्भर र आत्मनिर्भर भारतको लागि निरन्तर अपील गरिरहेका छन् । पछिल्लो समयमा अमेरिका भारतमाथि लगाएको अतिरिक्त कर हटाउन वार्ता गर्न तम्सिएको छ भने विदेशमन्त्री स्तरमा एक चरणको छलफल पनि भएको छ । अमेरिकाले अतिरिक्त कर लगाएपछि भारतको रुस र चीनप्रति बढेको निकटतापछि अमेरिका लचक भएको विश्लेषण गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।