Logo

२०८३, श्रावण ३१गते


images
images

व्यक्तिगत वालेट

दशैँ तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

दशैँ तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

images
  • दशैँ तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ ।

    images
    images
    images

    राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालको प्रावधानअनुसार व्यक्तिगत खातामा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्थालाई बढाएर एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले असोज १३ गतेदेखि २१ गतेसम्म दसैँ अवधि तथा कात्तिक ३ देखि ७ सम्म तिहार अवधिमा व्यक्तिगत वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले यस निर्णयले दसैँ–तिहारका समयमा हुने कारोबारलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।