Logo

२०८३, भाद्र १गते


images
images

पेटेन्टेड औषधिमा कर

ब्रान्डेड औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

ब्रान्डेड औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

images
  • ब्रान्डेड औषधिमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाहिर उत्पादित ब्रान्डेड वा पेटेन्टेड औषधिमा अक्टोबर १, २०२५ देखि शत प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

    images
    images
    images

    उनले भारी ट्रकमा २५ प्रतिशत, भान्सा-बाथरूम क्याबिनेटमा ५० प्रतिशत र अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइने समेत बताएका छन् । ट्रम्पका अनुसार यस कदमले अमेरिकी उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउनेछ ।

    images
    images
    images

    भारत अमेरिकी बजारमा औषधिको प्रमुख आपूर्तिकर्ता हो, जसले वार्षिक करिब १२.७ अर्ब डलर बराबर निर्यात गर्छ । तीमध्ये धेरैजसो जेनेरिक औषधि हुन्, जसले अमेरिकाको स्वास्थ्य लागत बचतमा ठूलो योगदान गरेको छ । विज्ञहरूले ट्रम्पको नयाँ करले भारतीय कम्पनीहरूको नाफा घटाउने र अमेरिकामा औषधि अभाव बढाउने चेतावनी दिएका छन् ।

    images
    images
    images

    आयरल्याण्ड पनि ब्रान्डेड औषधिको ठूलो निर्माता हो, जहाँ मर्क, एबभी, एली लिली लगायतका कम्पनीहरूले अमेरिकी बजारका लागि औषधि उत्पादन गर्छन् । ट्रम्प प्रशासनले आयरल्याण्डको कर नीति प्रति पनि आलोचना गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।