Logo

२०८३, आश्विन ९गते


images
images

मन्त्रिपरिषद्को बैठक

असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्बजनिक

असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्बजनिक

images
  • असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्बजनिक
    images
    images

    काठमाडौँ । असोज ९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

    images
    images
    images

    जसमा सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरको हो ।

    images
    images
    images

    यस अघि पनि अर्थमन्त्रालय अन्तर्गत रहेका यी विभागलाई केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए । त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको अन्तर्गत लैजाने निर्णय गरेको छ ।

    images
    images
    images

    सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भइ पहिचान खुलेका मृतक नेपाली नागरिक (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक) का परिवारलाई प्रति परिवार १० लाख र अन्य खर्च ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    त्यस्तै सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्न सकिने व्यवस्था गरेको छ भने सरकारको प्रवक्तामा खरेललाई तोक्ने निर्णय गरेको छ ।

    cabinet_11758877767.jpg

    cabinet_21758877765.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।