Logo

२०८३, आश्विन ९गते


images
images

लद्दाख हिंसा

भारतीय सामाजिक अभियन्ता सोनम वाङचुक गिरफ्तार

भारतीय सामाजिक अभियन्ता सोनम वाङचुक गिरफ्तार

images
  • भारतीय सामाजिक अभियन्ता सोनम वाङचुक गिरफ्तार
    images
    images

    काठमाडौँ । भारतको लद्दाखमा भएको हिंसापछि सामाजिक अभियन्ता सोनम वाङचुकलाई पक्राउ गरिएको छ । लेहमा दुई दिन अघि भएको हिंसाको लागि वाङचुकलाई जिम्मेवार ठहराइएको छ ।

    images
    images
    images

    सेप्टेम्बर २४ मा लद्दाखको राजधानी लेहमा पूर्ण राज्यको मान्यता र छैटौं अनुसूचीमा समावेशको माग गर्दै हिंसा भड्किएको थियो । प्रहरीसँगको हिंसात्मक झडपमा चार युवाको मृत्यु भएको थियो । ४० प्रहरीसहित ८० जना घाइते भएका थिए । ६० जना अभियुक्त पक्राउ परेका छन् ।

    images
    images
    images

    शुक्रबार लगातार तेस्रो दिन लेहमा कर्फ्यू लगाइएको छ भने स्कूल र कलेजहरू भोलिसम्म बन्द छन् ।यस घटनामा दोषी ठहर गर्दै वाङचुकको गैरसरकारी संस्थाको विदेशी कोष लाइसेन्स खारेज गरिएको छ ।

    images
    images
    images

    यसैबीच, गृह मन्त्रालयले लेह हिंसाको लागि वाङचुकलाई जिम्मेवार ठहराएको छ । बिहीबार, मन्त्रालयले वाङचुकको संस्था, स्टुडेन्ट्स एजुकेशनल एण्ड कल्चरल मुभमेन्ट अफ लद्दाखको विदेशी कोष लाइसेन्स खारेज गरेको थियो ।

    गैरसरकारी संस्थाहरूले विदेशी अनुदान वा चन्दा प्राप्त गर्न विदेशी योगदान (नियमन) ऐन अन्तर्गत दर्ता गर्नुपर्नेछ । मन्त्रालयको निर्देशनमा, सीबीआई टोलीले विदेशी कोषको अनुसन्धान गरिरहेको थियो र संस्थाले कोषको दुरुपयोग गरेको पत्ता लगाएको थियो ।

    सीबीआईले वाङचुकको स्वामित्वमा रहेको अर्को एनजीओ, हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ्स लद्दाखमा पनि विदेशी कोष मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।