Logo

२०८३, आश्विन १०गते


images
images

चलचित्र

पल शाह ‘आबाट आमा’ को छायांकन सकिनासाथ सोहि ब्यानरको अर्को फिल्ममा अनुबन्ध

पल शाह ‘आबाट आमा’ को छायांकन सकिनासाथ सोहि ब्यानरको अर्को फिल्ममा अनुबन्ध

images
  • पल शाह ‘आबाट आमा’ को छायांकन सकिनासाथ सोहि ब्यानरको अर्को फिल्ममा अनुबन्ध
    images
    images

    काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको फिल्म ‘आबाट आमा’ को २५ दिनमै छायांकन सकिएको छ ।

    images
    images
    images

    फिल्मको छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को फिल्मका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मको नाम र अन्य कलाकारबारे पछि जानकारी दिने बताएका छन् ।

    images
    images
    images

    निर्देशक पन्तले फिल्म ‘आबाट आमा’ को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए । एक महिनाको सेड्युलमा छायांकन थाले पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतले ५ दिनअघि नै चलचित्रको सुटिङ सकिएको छ ।

    images
    images
    images

    चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस चलचित्रमा पल शाह, प्रदीप रावत, विपना थापा, गजित विष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् । 

    आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती छन् । फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन् । यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । निर्माण पक्षका अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

    नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आबाट आमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।