Logo

२०८३, श्रावण ३०गते


images
images

टीकाको साइत

यस्तो छ बडा दशैँको टीकाको साइत

यस्तो छ बडा दशैँको टीकाको साइत

images
  • यस्तो छ बडा दशैँको टीकाको साइत
    images
    images

    काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

    images
    images
    images

    टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । 

    images
    images
    images

    विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान ९ बजेर २३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।  

    images
    images
    images

    त्यस्तै समितिले आज १२ बजेर १९ मिनेटमा तुलजाभवानी यात्रा र दिउसो १ बजे १७ मिनेटमा स्थिरासन खड्गयात्राको शुभसाइत रहेको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दशैं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।