Logo

२०८३, आश्विन १०गते


images
images

विजय र रश्मिकाले गरे इन्गेजमेन्ट, फेब्रुअरीमा विवाह गर्दै

विजय र रश्मिकाले गरे इन्गेजमेन्ट, फेब्रुअरीमा विवाह गर्दै

images
  • विजय र रश्मिकाले गरे इन्गेजमेन्ट, फेब्रुअरीमा विवाह गर्दै
    images
    images

    काठमाडौँ । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोंडा र रश्मिका मन्डन्नाले इन्गेजमेन्ट गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार विजय र रश्मिकाले हालै इन्गेजमेन्ट गरेका छन् र उनीहरुले २०२६ को फेब्रुअरीमा विवाह गर्ने भएका छन् ।

    images
    images
    images

    इन्गेजमेन्टको बारेमा दुवैले अहिलेसम्म जानकारी दिएका भने छैनन् तर दुवैले इन्गेजमेन्ट गरेको विजयको टिमले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । विजय र रश्मिका २०१८ देखि रिलेसनसिपमा रहेका छन् ।

    images
    images
    images

    यद्यपी दुवैले सार्बजनिक रुपमा आफुहरुको सम्बन्ध बारेमा अहिलेसम्म बोलेका छैनन् । दुवैको २०१८ मा गीथा र गोविन्दम र २०१९ मा डियर कमरेड फिल्म एक साथ गर्दादेखि अफ्यर्स शुरु भएको थियो । यस बीचमा दुवैले एकै स्थानका तस्बीर एकै पटक सार्बजनिक गर्ने गरेपनि आफ्नो सम्बन्धलाई सार्बजनिक रुपमा बताएका छैनन् ।

    images
    images
    images

    दक्षिण भारतका सुपरस्टार विजय र रश्मिका पछिल्ला बर्षहरुमा बलिवुडका फिल्ममा व्यस्त रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।