देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाईड साइन्स तर्फ स्नातकोत्तर तहमा तीन विषयमा नयाँ भर्ना खोलेको छ । शुक्रबार देवदहस्थित विश्वविद्यालयको डिन कार्यालयमा आयोजित कार्यक्रममा विश्वबिद्यालयका डिन उकेशराज भोजुले आउने फेब्रुअरीबाट स्नातकोत्तर तहमा नयाँ शत्र सुरु हुने बताए ।

सन् २०१९ बाट बौद्ध दर्शनबाहेकका विषयमा समेत अध्यापन सुरु गरेको विश्वविद्यालयले हाल स्नातकोत्तर तहमा एग्रो फरेस्टी, डेभलपमेन्ट स्टडिज र इन्भाईरोमेन्टल स्टडिज गरि तीन विषयमा अध्यापन गराउने भएको हो ।

कार्यक्रममा बोल्दै डिन भोजुले प्रत्येक विषयमा २०-२० जना विद्यार्थी भर्ना लिईने बताए । विश्वविद्यालयको कार्यालयबाट भर्नाको लागि हाल भर्ना फारम वितरण भैरहेको छ ।
लुम्बिनीमा केन्द्रिय कार्यालय रहेको विश्वविद्यालयले देशका विभिन्न स्थानमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरि क्याम्पस संचालन गराईरहेको छ । हाल देशैभरी विभिन्न तहमा १ हजार एक सय बढी विद्यार्थीहरूले लुम्बिनी विश्वविद्यालयमा अध्यययन गरिरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology