Logo

२०८३, आश्विन १२गते


images
images

प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचन : आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

images
  • प्रतिनिधिसभा निर्वाचन : आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    images
    images
    images

    यसका लागि आयोगले यसअघि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने देखि स्थानीय तहमा निर्वाचित भएका सबै दलहरुलाई पत्राचार गरेको छ । प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गर्दै विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा रहेको बताएका छन् ।

    images
    images
    images

    आयोगले यसअघि सोमबार फागुन २१ गतेको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको थियो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

    images
    images
    images

    फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ । निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ ।

    कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले कात्तिक ३० अघि नै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।