Logo

२०८३, भाद्र १गते


images
images

गाजा युद्ध

इजरायल जानेक्रममा ट्रम्पले गाजा : युद्ध सकियो

इजरायल जानेक्रममा ट्रम्पले गाजा : युद्ध सकियो

images
  • इजरायल जानेक्रममा ट्रम्पले गाजा : युद्ध सकियो
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध सकिएको बताएका छन् । हमासले बन्धक रिहा गर्ने दिन उनी इजरायल जानेक्रममा ट्रम्पले गाजामा युद्ध समाप्त भएको बताएका हुन् ।

    images
    images
    images

    उनले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई युद्धविराम जारी रहने र गाजाको लागि शान्ति बोर्ड चाँडै स्थापना हुने बताए ।हमासले इजरायली बन्धकहरूलाई रिहा गर्न सोमबार दिउँसो १२ बजे (स्थानीय समय) सम्मको समय छ ।

    images
    images
    images

    इजरायल आइपुगेपछि, राष्ट्रपति ट्रम्प सोमबार इजिप्टको यात्रा गर्नेछन्, जहाँ उनले विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाको बारेमा छलफल गर्नेछन् ।

    images
    images
    images

    ट्रम्पले भनेका छन् ;हामी सबैलाई खुसी राख्नेछौं चाहे तिनीहरू यहूदी, मुस्लिम, वा अरब देशहरू हुन् इजरायल पछि, हामी इजिप्ट जाँदैछौं । त्यहाँ, हामी धेरै शक्तिशाली, ठूला र धनी देशहरूका नेताहरूसँग भेट्नेछौं ।

    'बेलायती प्रधानमन्त्री केयर स्टारमर इजिप्ट पुगिसकेका छन् भने विश्वका कैयौं नेताहरुले यस छलफलमा भाग लिने भएका छन् । ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गर्ने बताइएको छ ।

    उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।