Logo

२०८३, भाद्र १गते


images
images

संसदको विरोध

इजरायली संसदमा सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध

इजरायली संसदमा सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध

images
  • इजरायली संसदमा सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदमा बोलिरहेका बेला अवरोध भएको छ । ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गरिरहेका बेला हमाससँगको सम्झौताको विरोध गरिरहेका सांसदहरुले संसद हलमै विरोध गरेका थिए ।

    images
    images
    images

    केहि सांसदले प्लेकार्ड देखाएर विरोध गर्न खोजेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई बाहिर निकालेका थिए । ट्रम्पले भाषण गरिरहेका बेला एक विपक्षी एमके (इजरायली संसद सदस्य) ले 'प्यालेस्टाइनलाई मान्यता दिनुहोस्' लेखिएको कागज देखाएका थिए ।

    images
    images
    images

    ट्रम्पले सो घटनालाई 'निकै प्रभावकारी' भन्दै आफ्नो सम्बोधन शुरु गरेका थिए । ट्रम्पको शन्ति योजना अनुसार हमास र इजरायलबीच भएको सम्झौतापछि आज नै सबै जीवित २० बन्धक छुटेका छन् ।

    images
    images
    images

    यसै अवसरमा ट्रम्प इजरायल पुगेर इजरायलको संसदलाई सम्बोधन गरेका छन् भने बन्धकका परिवारसँग समेत भेटवार्ता गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।