Logo

२०८३, श्रावण ३१गते


images
images

धन्तेरस पर्व

राष्ट्र बैंकबाट चाँदीको सिक्काको बिक्री शुरु, सुनको असर्फी नबेचिने

राष्ट्र बैंकबाट चाँदीको सिक्काको बिक्री शुरु, सुनको असर्फी नबेचिने

images
  • राष्ट्र बैंकबाट चाँदीको सिक्काको बिक्री शुरु, सुनको असर्फी नबेचिने
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले धन्तेरसलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरू गरेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरू गरेको बैंकको टक्सार महाशाखाले जनाएको छ ।

    images
    images
    images

    बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपैयाँ तोकेको छ ।सुनको असर्फी भने यस वर्ष बिक्री वितरण नगरिने महाशाखाले जानकारी दिएको छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का विक्री वितरण गर्दै आएको थियो ।

    images
    images
    images

    तर, केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै विक्री वितरण गरिएको महाशाखाले जनाएको छ । चाँदीको सिक्का बिक्री सुरू भएसँगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगिरहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।