Logo

२०८३, कार्तिक २९गते


images
images

प्रहरी दिवस

चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी आजको आवश्यकता: गृहमन्त्री अर्याल

चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी आजको आवश्यकता: गृहमन्त्री अर्याल

images
  • चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी आजको आवश्यकता: गृहमन्त्री अर्याल
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जनताको बढ्दो अपेक्षा पूरा गर्न हरेक चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी आजको आवश्यकता भएको बताएका छन् ।

    images
    images
    images

    ७०औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले परम्परागत पद्धतिलाई जोगाउँदै आधुनिक प्रविधिसँग संयोजन गरी छिटो, छरितो र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    सो अवसरमा गृहमन्त्री अर्यालले विभिन्न श्रेणीका अवार्ड र छात्रवृत्ति प्रदान गरे । अवकाशप्राप्त नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई लाईफटाइम अचिभमेण्ट अवार्ड, रामेछापका डीएसपी भोला कुमार भट्टलाई पूर्ण शान्ति पुरस्कार, सीआईबीका डीएसपी धर्मराज भण्डारीलाई मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र निरीक्षक दुर्गा राईलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरियो ।

    images
    images

    अमर प्रहरीका परिवारका छोराछोरीहरूलाई अच्युत-मिना र मोति कला मिथिला छात्रवृत्ति प्रदान गरियो ।

    गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै “प्रहरी दर्पण २०८२” र “प्रहरी स्मारिका २०८२” लोकार्पण गरे । उनले प्रहरी संगठनले अभाव र दबाबबीच पनि निष्पक्ष अनुसन्धान गर्दै राज्यको जिम्मेवारी निष्ठापूर्वक वहन गरेको उल्लेख गरे ।

    उनका अनुसार प्रविधिको दुर्त विकाससँगै नयाँ प्रकृतिका अपराध बढ्दै गएका छन्, जसका नियन्त्रणका लागि नेपाल प्रहरी सधैं तयार रहनुपर्ने आवश्यकता छ । गृह मन्त्रालयले सुरक्षा सुदृढीकरणका लागि आवश्यक साधन स्रोत उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाए ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।