Logo

२०८३, कार्तिक २७गते


images
images

निर्मला पन्तको हत्या आरोपमा समातिएका भारतिय नागरिक १ हजार धरौटीमा छुटे 

निर्मला पन्तको हत्या आरोपमा समातिएका भारतिय नागरिक १ हजार धरौटीमा छुटे 

images
  • सेतोमसी सहकर्मी
  • निर्मला पन्तको हत्या आरोपमा समातिएका भारतिय नागरिक १ हजार धरौटीमा छुटे 
    images

    रमेश बहादुर सिह, कंचनपुर । कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक छुटेका छन्। भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्।

    images
    images
    images

     

    images
    images
    images

    हुसेनलाई निर्मला प्रकरणमै नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ। तर उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    images
    images


    'हुसेनलाई निर्मला प्रकरणमै पक्राउ नगरिएको भए पनि उनका केही गतिविधि शंकास्पद थिए, सोही कारण डीएनए परीक्षण गरिएको हो,' एक प्रहरी अधिकारीले भने।


    अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए। त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई पक्राउ गरेको थियो। 


    भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि थियो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म असफल छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।