Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र अस्थिर र अवसरवादी पार्टी : एमाले सचिव बिष्ट 

माओवादी केन्द्र अस्थिर र अवसरवादी पार्टी : एमाले सचिव बिष्ट 

images
  • सेतोमसी सहकर्मी
  • माओवादी केन्द्र अस्थिर र अवसरवादी पार्टी : एमाले सचिव बिष्ट 
    images
    images

    सन्तोष महतारा
    गुल्मी, २३ पुष 

    images
    images
    images

     नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सचिव गाेकर्ण बिष्टले नेकपा माओवादी केन्द्र  अस्थिर  र अवसरवादी पार्टी भएको आराेप लगाएका छन् । 

    images
    images
    images

    नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन शत्रमा  सम्बाेधन गर्दै प्रमुख अतिथि  बिष्टले अस्थिरता चाहाने र अवसर खाेजिरहने पार्टी माओवादी केन्द्र भएको आराेप लगाएका हुन् ।

    images
    images
    images

    'नेकपा माओवादी केन्द्र देशको एकमात्र अस्थिर र अवसरवादी पार्टी हो ।' पूर्व मन्त्री बिष्टले भने, "माओवादीकाे सिकेर सिधै कुर्सीमा जन्ममिएकाे पार्टी एकीकृत समाजवादी पार्टी हो, जसको धेरै चर्चा गर्नु जरुरी छैन ।"  माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी पदका लागि मात्र खाेलिएकाे भन्दै कुर्सीमा जन्मिएकाे बिष्टले आराेप लगाएका हुन्  । 

    माओवादी र समाजवादीकाे साथले सरकार चलाइरहेको नेपाली काङ्ग्रेस प्रति लक्षित गर्दै बिले आर्थिक वर्षकाे ५ महिना वितिसक्दा पनि मात्र ७ प्रतिशत विकास बजेट खर्च गर्ने  सरकारको कुनै आश गर्नु बेकार रहेको बताए । सरकार विस्तार गर्नकाे लागि ८८ दिन लगाएको प्रसङ्ग जाेड्दै बिष्टले काङ्ग्रेस सरकारमा हुनु र यो देशमा सरकार नहुनु बराबर रहेको टिप्पणी गरे । 

    कार्यक्रममा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिष्टले जनताको आवाजलाई प्रतिबिम्ब गर्ने संसद अबरुद्ध हुनुको प्रमुख कारण एमाले नभएर सभामुख भएको बताएका थिए ।  सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्दा संसद अबरुद्ध भएको उनको भनाइ रहेको छ । 

    दुई छिमेकी ठूला शक्ति राष्ट्र भारत र चिनकाे बिचमा रहेको नेपालले उनीहरूसँग प्रतिषपर्भा गर्न नसकेको भन्दै नेपालमा अर्थतन्त्रकाे मुख्य आधार कृषि भएपनि वर्तमान सरकारले कृषकको जीवनमा कुनै रुपान्तरण गर्न नसकेको बताएका छन् । 
     
    नेकपा एमाले जिल्ला कमिटी गुल्मीको उद्घाटन शत्र समाप्ति पछि बन्द शत्रका कार्यक्रम हुने छन् । जिल्ला अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुने निश्चित जस्तै बनेको बताइएको छ । अन्य पदाधिकारीमा भने आकांक्षी धेरै रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।