Logo

२०८३, श्रावण २७गते


images
images

बोर्डको अधिकारिक आँकडा: फिल्म 'जेरी अन टप' ले शनिबारसम्म कमायो साढे ६ करोड

बोर्डको अधिकारिक आँकडा: फिल्म 'जेरी अन टप' ले शनिबारसम्म कमायो साढे ६ करोड

images
  • बोर्डको अधिकारिक आँकडा: फिल्म 'जेरी अन टप' ले शनिबारसम्म कमायो साढे ६ करोड
    images
    images

    काठमाडौँ । अनमोल केसीको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको सार्बजनिक गरेको आधिकारिक ग्रस कमाइमा देशभर ६ करोड ५१ लाख रूपैयाँ ग्रस कमाइ गरेको हो ।

    images
    images
    images

    सो अवधिमा यो फिल्मको १ लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ । निर्माण पक्षले भने आइतबार १० दिनमा फिल्मले विश्वभर १२ करोड ग्रस कमाई गरेको जानकारी दिएको थियो ।

    images
    images
    images

    फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका धेरै जसो हलमा हाउसफुलका साथ चलिरहेको छ । सुयोग गुरूङ निर्देशित एड्भेन्चर-लभस्टोरी जनराको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन् ।

    images
    images
    images

    साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ । बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड ७ लाख ३१ हजार ३५२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७० लाख ४३ हजार ८८७ ग्रस कमाई गरेको छ ।

    त्यस्तै माइतीघरले ४ करोड १२ लाख १७ हजार २०८ कमाई गरेको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनमोल केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।