Logo

२०८३, आश्विन ९गते


images
images

पात्र परिचय

लकडाउनले जन्मिएको एक पात्र - दोकाने माइलो

लकडाउनले जन्मिएको एक पात्र - दोकाने माइलो

images
  • लकडाउनले जन्मिएको एक पात्र - दोकाने माइलो
    images
    images

    काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रीङ्खला गोलमालका हास्य कलाकार हुन दुर्गा बन्जाडे अर्थात 'दोकाने माइलो' । 

    images
    images
    images

    पछिल्लो समय दोकाने माइलालाई नचिन्ने कमै मान्छे होलान् । गत सालको लकडाउनताका उनको चर्चा गाउँदेखी शहरसम्म चुलिएको थियो । कोरोना भाइरसको महामारीको बेला सरकारले गरेको लकडाउनको असर धेरै लाई परेको थियो । भाडामा सटर लियर व्यापार गर्ने ब्यबसायीहरु समेत सडकमा आउन परिरहेको अवस्थाका बिचमा जन्मिएको थियो, दोकाने माइलो । 

    images
    images
    images

    सरल अर्थमा भन्दा पसलका सबै सामान आफ्नै शरीरको विभिन्न भागमा राखेर गाउँमा सामान बेच्न हिडेको यौटा पात्र हो दोकाने माइलो । लकडाउनले गर्दा व्यावसायिहरु सडकमा आइपुगेको अबस्थालाइ  दोकाने माइलोको चरित्रमा देखाएको हो ।

    images
    images
    images

    हास्य टेलिश्रीङ्खला भद्रगोल, गोलमाल र अन्य दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका हाँंस्य कलाकार दोकाने माइलो अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ को लामा पोखरामा जन्मिएका उनी एक सफल व्यापारी पनि हुन । मध्यम परिवारमा जन्म लिएका दुर्गा बन्जाडेको जीवन कहानी अचम्मको छ । बुबा आमाको कोखबाट जन्मलिएका नौ सन्तान मध्यका ठाइलो छोरा हुन - दोकाने माइलो । उनका ३ दिदिहरु र ६ दाजुभाइ छन।

    सानैदेखि कलाकारितामा खुबै रुचि राख्ने दोकाने माइलाले ३५ बर्षको उमेरमा आएर हास्य टेलिश्रीङ्खला भद्रगोलबाट सिने जगतमा पाइला टेके । मसला व्यवसायी समेत रहेका उनी कला क्षेत्र आफ्नो रुचि भएको र ब्यबसाय आफ्नो दैनिकी भएको बताउँछन । सेतोमसीसंग कुरा गर्दै कयौं दर्शकको मन बस्न सफल कलाकार दुर्गा बन्जाडे कला क्षेत्रमा लागेपछी व्यापार समेत बडेको उनी बताउँछन ।

    पछिल्लो समय गोलमाल चर्चामा रहेको टेलिश्रीङ्खला हो । गोलमाल नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुकी ८:५० बजे प्रसारण हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दोकाने माइलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।