Logo

२०८३, आश्विन १०गते


images
images

नर्स आन्दोलन

नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसंग प्रचण्डको आग्रह

नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसंग प्रचण्डको आग्रह

images
  • नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसंग प्रचण्डको आग्रह
    images
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभरका नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट यस्तो आग्रह गरेका हुन् ।

    images
    images
    images

    हाल देशभर झण्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको अभाव, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको कमी र कार्यस्थलमा असुरक्षा लगायतका समस्याविरुद्ध आन्दोलनरत् छन् ।

    images
    images
    images

    संयोजक प्रचण्डले नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता बिना नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने बताउँदै, नर्सहरूको जायज मागप्रति सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    उनले नर्सहरूको समस्या समाधानका लागि तत्काल कदम चाल्न सम्बद्ध निकायलाई आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा श्रम–सम्मान र न्यायको वातावरण सिर्जना गर्न सरकारलाई सचेत गराएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।