काठमाडौं । विद्यालयस्तरमा भू-विज्ञान शिक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भौगर्भिक विद्यार्थी समाज, विज्ञान शिक्षक समाज, स्टीम फाउण्डेशन नेपाल र अन्तर्राष्टिय भू-विज्ञान शिक्षा संगठनको संयुक्त आयोजनामा कमलादीस्थित एक कलेजमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्तहरूले विद्यालयस्तरमा परिमार्जित पाठ्यक्रममा भूगर्भशिक्षालाई ८ कक्षासम्म मात्र सीमित गरिएकोमा असन्तुष्टि जनाउँदै नेपाल जस्तो हिमालयको भूभागमा भूगर्भशास्त्र विषयलाई विद्यालयस्तरमा धेरै स्थान दिनुको सट्टा घटाउँदै जानु सान्दर्भिक नभएको बताएका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका खानी तथा भुगर्भ बिभागका भुगर्भविद तथा काठमाडौ, भक्तपुर र ललितपुरका प्रतिनिधि बिज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम खिल कुमार प्रधानको अध्यक्षता तथा रोशन न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology