Logo

२०८३, भाद्र १गते


images
images

खनिज सम्झौता

ट्रम्प र सी जिनपिङ भेटवार्ता : चीन दुर्लभ खनिज आपूर्ति गर्न सहमत

ट्रम्प र सी जिनपिङ भेटवार्ता : चीन दुर्लभ खनिज आपूर्ति गर्न सहमत

images
  • ट्रम्प र सी जिनपिङ भेटवार्ता : चीन दुर्लभ खनिज आपूर्ति गर्न सहमत
    images
    images

    काठमाडौँ । दक्षिण कोरियामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा महत्वपूर्ण सहमति भएको छ । ट्रम्पले उनी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुर्लभ पृथ्वी खनिजहरूको बारेमा सम्झौता गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    जस अनुसार चीनले अर्को वर्षसम्म अमेरिकालाई दुर्लभ खनिज आपूर्ति गर्न सहमत भएको छ । वार्तामा ट्रम्पले चीनमा लगाइएको फेन्टानिल (एक लागूऔषध पदार्थ) मा कर घटाएर १० प्रतिशतमा झार्न सहमत भएको जानकारी दिएका छन् ।

    images
    images
    images

    यसबाट चीनमा अमेरिकाको कुल कर अब ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा झरेको छ । ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियाको बुसानमा रहेको गिम्हे एयर बेसमा भएको थियो । ट्रम्पले अमेरिका र चीनबीचको सबै विवादहरू समाधान भएको दाबी गरेका छन् ।

    images
    images
    images

    उनले चीनसँगको सम्झौता अर्को वर्षको लागि लम्ब्याउन सकिने पनि बताए, यो सम्पूर्ण विश्वको लागि लाभदायक हुने पनि बताए । ट्रम्पले उनी र सीले रूस-युक्रेन द्वन्द्व समाधान गर्न सहयोगको बारेमा पनि छलफल गरेको बताए ।

    उनले भने 'बैठकमा युक्रेनको मुद्दा जोडदार रूपमा उठ्यो । हामीले लामो समयसम्म कुरा गर्यौं र यस विषयमा के गर्न सकिन्छ भनेर हेर्न सँगै काम गर्नेछौं ।' ट्रम्पले वाशिंगटन र बेइजिङ धेरै मुद्दाहरूमा सहमत रहेको बताउदै अमेरिकाले फेन्टानिलको तस्करीमा लगाइएको कर तत्काल हटाउने बताए ।

    उनले चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्ने वाचा गरेको समेत उल्लेख गरेका छन् । यस भेटवार्तामा ताइवानको मुद्दा भने नउठेको ट्रम्पले जानकारी दिएका छन् । चीनले सधैं ताइवानको दाबी गर्दै आएको छ, यद्यपि अमेरिकाले मुख्य भूमि चीनबाट टाढा टापुको स्वायत्ततालाई निरन्तर समर्थन गरेको छ ।

    त्यसैले, चिनियाँ राष्ट्रपतिले ट्रम्पसँग ताइवानको मुद्दा उठाउने अपेक्षा गरिएको थियो । यसैबीच ट्रम्पले आगामी अप्रिलमा चीनको भ्रमण गर्ने बताए । उनले सीले त्यसपछि अमेरिकाको भ्रमण गर्नेछन्, जहाँ उनी वाशिंगटन, डीसी, वा फ्लोरिडाको पाम बीचमा ट्रम्पको निवास भ्रमण गर्न सक्ने बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।