Logo

२०८३, आश्विन १२गते


images
images

युनेस्कोद्वारा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा

युनेस्कोद्वारा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा

images
  • युनेस्कोद्वारा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा
    images
    images

    काठमाडौँ । ललितपुर महानगरपालिकालाई युनेस्को संगीतको रचनात्मक शहरको रूपमा घोषणा गरेको छ । विश्व शहर दिवस २०२५ को अवसरमा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा गरेको युनेस्कोको काठमाडौँस्थित कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    युनेस्कोले घोषण गर्दै भनेको छ 'यो प्रतिष्ठित सम्मानले हाम्रो शहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रूपमा सृजनशीलतालाई अगाडि बढाउने अटूट प्रतिबद्धतालाई मान्यता दिएको छ ।

    images
    images
    images

    यो ललितपुरका प्रत्येक बासिन्दा र संगीतकारका लागि एक ऐतिहासिक उपलब्धि हो र सम्पूर्ण नेपालका लागि ठूलो गर्वको क्षण हो !'नेपालमा अब दुई युनेस्को रचनात्मक शहरहरु भएका छन्: फिल्मको लागि काठमाडौं महानगरपालिका र अब, संगीतको लागि ललितपुर महानगरपालिका ।

    images
    images
    images

    सन् २००४ मा सुरु भएको युसीसीएनले दिगो सहरी विकास (आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूमा) को लागि सृजनशीलतालाई मुख्य रणनीतिको रूपमा प्रयोग गर्ने शहरहरूलाई जोड्ने काम गरिरहेको छ ।

    यस सञ्जालमा रहेका शहरहरू उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न, सांस्कृतिक उद्योगहरूलाई प्रवर्द्धन गर्न र संयुक्त राष्ट्र संघको २०३० एजेन्डा फर सस्टेनेबल डेभलपमेन्ट लाई समर्थन गर्न प्रतिबद्ध छन् । यस सञ्जालले संगीतसहित आठ रचनात्मक क्षेत्रहरूलाई समेटेको युनेस्कोले जनाएको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।